एस्तर 8:1 - पवित्र बाइबल1 त्यस समयमा राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूको शत्रु हामानको घर प्रदान गरे। अनि मोर्दकै राजाको समक्ष गए किनभने एस्तरले राजालाई मोर्दकैसित उसको के सम्बन्ध थियो बताएकी थिई। (सम्बन्धको अर्थ मोर्दकैले एस्तरलाई धर्म पुत्री रूपमा स्वीकार गरेको थियो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यसै दिन राजा अहासूरसले यहूदीहरूको शत्रु हामानका घर र जग्गाजमिन एस्तरलाई दिए। अनि एस्तरले मोर्दकै तिनको आफ्नै पर्छ भनेकी हुनाले मोर्दकै राजाको उपस्थितिमा हाजिर भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यही दिन अहासूरस राजाले यहूदीहरूको शत्रु हामानका सारा धन-सम्पत्ति एस्तर रानीलाई दिए। मोर्दकै मेरा नातेदार हुन् भनी एस्तरले राजालाई भनिन् र त्यस दिनदेखि राजाको अघि हाजिर हुने अनुमति मोर्दकैले पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यही दिन राजा अहासूरसले यहूदीहरूको शत्रु हामानको सम्पूर्ण सम्पत्ति रानी एस्तरलाई दिए। अनि मोर्दकै राजाको अगि हाजिर भए; किनकि कसरी तिनी उनको आफन्त पर्छन् भनेर एस्तरले राजालाई बताइदिएकी थिइन्। Viz kapitola |