एस्तर 7:4 - पवित्र बाइबल4 किनभने म र मेरा मानिसहरू विनाश हुन मारिन र ध्वंश गरिन बेचिएका छौं। यदि हामी कमरा स्वरूप मात्र बेचिएको भए म शान्त हुने थिएँ। म यस्तो तुच्छतामा राजालाई झन्झट दिने थिईंन होला। म चुपचाप भए पनि हुनेथियो किनभने यस्तो अर्थ दासत्व सच्चाईले राजालाई दुःखीत नबनाएको भए पनि हुने थियो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनभने म र मेरो जाति नाश गरिन, मारिन र नाउँनिशानै मेटिनलाई बेचिएका छौं। यदि हामी, पुरुष र स्त्री सबैलाई दासत्वमा बेच्ने कुरो मात्र भएको भए त म चूपै लागिरहनेथिएँ। किनभने त्यति मात्र कुराले त महाराजालाई झिजो गर्नु न्यायसङ्गत हुनेथिएन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 म र मेरा जाति मारिनलाई बेचिएका छौं। कमारा हुनलाई मात्र बेचिएका भएता म चुपै लागेर बस्ने थिएँ र हजुरलाई कष्ट दिनेथिइनँ। तर हामी नाश हुन आँटेका छौं, हाम्रो नाउँ-निशाना मेटिने भएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि म र मेरा जातिहरू सर्वनाश गरिन, हत्या गरिन र मृत्युको लागि बेचिएका छौँ। यदि हामी दास-दासीझैँ बेचिएका मात्र भए, म चुप लाग्नेथिएँ; किनभने यस्तो सानो कुराको लागि महाराजालाई दुःख दिनु उचित हुनेथिएन।” Viz kapitola |