एस्तर 4:11 - पवित्र बाइबल11 “राजाका सबै सेवकहरू र राज-प्रान्तका मानिसहरूले यो जानुन कि कुनै पनि पुरूष वा स्त्री राजाले नबोलाई राजाको आँगनमा भित्र जान्छ त्यसको एउटै नियम छ ‘मृत्यु’। अनुमति लिएर प्रवेश गर्ने मात्र बाँच्छ जसलाई राजाले आफ्ना सुनौला राज दण्ड फैलाउँछन्। अनि मलाई गएको तीस दिन देखि राजा कहाँ जानलाई बोलाइएको छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “राजाका सबै अधिकारीहरू र प्रान्तका सारा मानिसहरूलाई यो कुरा विदितै छ, कि यदि कुनै पुरुष वा स्त्री राजाको हुकुमविना राजाको उपस्थितिमा भित्री दरबारमा पस्छ भने त्यसको निम्ति एउटै मात्र कानून यही छ, कि राजाले आफ्नो सुनको राजदण्ड पसार्नुभएन भने त्यो मारिनेछ। अनि सुनको राजदण्ड पसार्नुभयो भने मात्र त्यो बाँच्नेछ। म आफैलाई पनि राजाकहाँ जाने हुकुम नभएको तीस दिन भइसक्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “कुनै पुरुष वा स्त्रीले राजाको आज्ञा नपाई त्यो महलको भित्री चोकमा गई राजाको दर्शन गर्छ भने त्यो मारिन्छ। नियम यस्तै छ। राजाका सल्लाहकारहरूदेखि प्रान्त-प्रान्तका मानिसहरू सबैले यो कुरा जान्दछन्। यो नियमबाट बाँच्ने एउटै मात्र उपाय छ। राजाले आफ्नो सुनको राजदण्ड त्यस व्यक्ति (पुरुष वा स्त्री) तर्फ पसारे भने त्यसको प्राण बाँच्छ। राजाले मलाई नबोलाएको अहिले एक महिना भयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “राजाले नबोलाएसम्म राजाको भित्री चोकमा जाने कुनै पनि पुरुष अथवा स्त्रीका निम्ति राजाको एउटै कानुन छ भन्ने कुरा राजाका सबै अधिकारी र राजकीय प्रान्तका सबै मानिसहरूलाई थाहा छ: राजाले त्यस मानिसतिर आफ्नो सुनको राजदण्ड पसारे भने मात्र त्यो व्यक्ति जीवित रहन्छ। तर राजाले मलाई आफूकहाँ नबोलाउनू भएको तीस दिन भइसकेको छ।” Viz kapitola |