Online Bible

- Reklamy -




एस्‍तर 3:7 - पवित्र बाइबल

7 राजा अहासूरसको शासनकालको बाह्रौ बर्षको पहिलो महिनामा हामान को क्षमता तिनीहरूले “पुर” अर्थात चिट्ठा गरे। यहूदीहरूको विनाशको निम्ति निश्चित दिन अनि महिना तोक्नका निम्ति चयन गरिएको बाह्रौ महीना, अदारको महिना थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अहासूरस राजाको बाह्रौँ वर्षको पहिलो महिना, अर्थात्‌ नीसान महिनामा, हामानको सामु दिन र महिना तोक्‍नका निम्‍ति उनीहरूले चिट्ठा हाले। त्‍यस चिट्ठालाई “पूर” भन्‍थे। चिट्ठा बाह्रौँ महिना, अर्थात्‌ अदार महिनामा पर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 अहासूरसको राज्‍यकालको बाह्रौँ वर्षको नीसान भनिने पहिलो महिनामा हामानले आफ्‍नो षड्‌यन्त्र पूरा गर्ने ठीक दिन र महिना निकाल्‍नलाई चिठा हाल्‍न लगाए। (त्‍यस चिठालाई ‘पूरीम’ भन्‍दथे।) अदार भनिने बाह्रौँ महिनाको तेह्रौं दिन यो काम गर्ने निधो भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 राजा अहासूरसको बाह्रौँ वर्षको पहिलो महिना, अर्थात् नीसान महिनामा तिनीहरूले एउटा दिन र महिना छान्‍न भनी हामानको उपस्थितिमा एउटा पूर (अर्थात् चिट्ठा) हाले। अनि चिट्ठा बाह्रौँ महिना, अर्थात् अदार महिनामा पर्‍यो।

Viz kapitola kopírovat




एस्‍तर 3:7

Následuj nás:

Reklamy


Reklamy