एस्तर 2:23 - पवित्र बाइबल23 त्यो कुराको छानबीन गरियो, त्यो सत्य पाइयो र ती दुबैलाई रूखमा झुण्ड्याइयो। अनि यो घट्ना राजको इतिहासमा लेखियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यस कुराको जाँचबुझ भएपछि पक्का सबूत भयो, र राजाले ती दुई मानिसहरूलाई फाँसीको सजाय दिएर काठमा झुण्ड्याइदिए। यी सबै कुरा राजाको सामुन्ने इतिहासमा लेखिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यस कुराको जाँच-बुँझ भयो र त्यो साँचो पाइयो। दुवै नपुंसकहरू झुन्ड्याएर मारिए। राज्यका कागज-पत्रमा यो कुराको बयान लेखियोस् भनी राजाले आज्ञा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनि जब त्यस कुराको जाँचबुझ भयो, तब त्यो सत्य ठहरियो। तब ती दुवै अधिकारीहरूलाई फाँसीको सजाय दिएर खाँबोमा झुण्ड्याइयो। यी सबै कुरा राजाकै उपस्थितिमा इतिहासका पुस्तकमा लेखियो। Viz kapitola |