एस्तर 10:3 - पवित्र बाइबल3 तिनी प्रभावशाली अनि तिनलाई सबै यहूदीहरू खुबै मन पराएका व्यक्ति थिए। तिनी आफ्ना मानिसहरूको कल्याण चाहन्थे अनि आफ्ना सबै सन्तानहरूका निम्ति शान्तिको संन्देश प्रदान गर्न चाहन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यहूदी मोर्दकै राजादेखि दोस्रो दर्जामुनि थिए। उनी यहूदीहरूमा एक अति गौरवशाली मानिस भए, र आफ्ना स्वदेशी यहूदी दाजुभाइहरूका बीचमा उनी लोकप्रिय भए, किनभने उनले आफ्ना मानिसहरूको हित गरे, र सारा यहूदीहरूका भलाइको निम्ति बोले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 राजापछि यहूदी मोर्दकै मात्र दर्जामा दोस्रो थिए। उनका यहूदी दाजुभाइहरूले उनलाई खुब मन पराउँथे र आदर गर्थे। उनले आफ्ना जातिका मानिसहरूको हित र तिनीहरूका सन्तानको सुरक्षाका काम गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यहूदी मोर्दकै, राजा अहासूरसपछि दोस्रो दर्जामा थिए। यहूदीहरूका बीचमा सर्वश्रेष्ठ र आफ्ना सबै यहूदीहरूद्वारा सम्मानित थिए; किनकि तिनले आफ्ना मानिसहरूका भलाइको काम गरेका थिए, र सारा यहूदीहरूको भलाइका निम्ति बोलेका थिए। Viz kapitola |