एस्तर 1:22 - पवित्र बाइबल22 अनि राजाले समस्त प्रदेशहरूलाई तिनीहरूको भाषा र तिनीहरूको बोलि अनुसार व्यक्ति-व्यक्तिलाई उसको घरको शासक हुनलाई, तिनीहरूलाई आफ्ना मानिसहरू कै भाषामा जाहेरगरेर पत्रहरू पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब हरेक मानिस आफ्नो घरको मालिक भएर आफ्नो सबै परिवारमाथि अधिकार चलाओस् भनेर राज्यको चारैतिर हरेक प्रदेशमा आ-आफ्नो लिपिबमोजिम र हरेक जातिलाई आ-आफ्नो भाषामा पत्रहरू पठाइए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 हरेक लोग्ने मानिस आफ्नो घरको मालिक हुनेछ र उसको आज्ञा घरका सबैले मान्नुपर्नेछ भनी राजाले हरेक प्रान्तमा त्यस प्रान्तकै भाषा र लिपिमा लेखेर आफ्ना आज्ञा पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 राजाले हरेक मानिस आफ्नो घरको मालिक हुनुपर्छ भन्ने आदेश आफ्नो राज्यका सबै राजकीय प्रान्तहरूमा पठाए। अनि प्रत्येक प्रान्तमा तिनीहरूका आ-आफ्नै लिपिअनुसार र हरेक जातिका आ-आफ्नै भाषाअनुसार आज्ञा-पत्रहरू पठाए। Viz kapitola |