एस्तर 1:17 - पवित्र बाइबल17 किनकि रानी को अनादर सबै स्त्रीहरूमा पुगेकोछ, कि तिनीहरूले पनि खुल्लम-खुल्ला आफ्ना पतिहरूलाई तिरस्कार गर्न सक्छन्। हरेक स्त्रीहरूले भन्नेछन्, ‘जब राजा अहासूरसले रानी वश्तीलाई तिनको समक्ष आउनु भने तर तिनी आइनन्।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 रानीले गर्नुभएको काम सबै स्त्रीले थाहा पाउनेछन्, र त्यसले गर्दा तिनीहरूले आफ्ना पतिहरूलाई तुच्छ ठान्नेछन्। तिनीहरूले यसो भन्नेछन्, ‘राजा अहासूरसले रानी वश्तीलाई आफ्नो सामु ल्याउन हुकुम गर्नुभएको थियो, तर उहाँ आउनुभएन’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 रानीले के गरिन्, त्यो सुन्नेबित्तिकै राज्यभरि स्त्रीहरूले आ-आफ्ना लोग्नेलाई होचो दृष्टिले हेर्नेछन्। तिनीहरूले यसो भन्नेछन्, ‘अहासूरस राजाले वश्ती रानीलाई आफूकहाँ आउन भने तर तिनले इन्कार गरिन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि रानीको व्यवहारको बारेमा सबै स्त्रीहरूले जान्नेछन्, र तिनीहरूले आफ्ना पतिहरूलाई तुच्छ ठानेर यसो भन्नेछन्, ‘राजा अहासूरसले रानी वश्तीलाई तिनको सामु उपस्थित हुन हुकुम गर्नुभएको थियो, तर तिनले अस्वीकार गरिन्।’ Viz kapitola |