Online Bible

- Reklamy -




एस्‍तर 1:10 - पवित्र बाइबल

10-11 भोजको सातौं दिनमा जब राजा दाखरसको नशामा चूर थिए उनले यहूमान, बिज्ता, हर्बोना, बिग्ता, अबगता, जेतेर अनि कर्कस, सात जना, नपुंसकहरू जसले राजा अहासूरसको सेवा गर्थे रानी वश्तीलाई राजकीय मुकुट लगाएर उनको अघि ल्याउनु भने उनले रानीको सुन्दरता मानिसहरू अनि अधिकारीहरूलाई देखाउन चाहन्थे किनभने तिनी अत्यन्तै सुन्दरी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 सातौँ दिनमा जब राजा दाखमद्य पिएर मस्‍त भएका थिए, तब तिनले आफ्‍नो घरको व्‍यवस्‍था मिलाउने सात जना नपुंसक सेवकहरू, अर्थात्‌ महूमान, बिज्‍था, हर्बोना, बिग्‍ता, अबगथा, जेथेर र कर्कासलाई,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 भोजको सातौँ दिन राजाले पिउँदै आनन्‍द मनाउँदै थिए। उनले आफ्‍ना सात जना नपुंसक चाकरहरू महूमान, बिज्‍था, हर्बोना, बिग्‍ता, अबगथा, जेथेर र कर्कासलाई बोलाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 भोजको सातौँ दिनमा, जब राजा अहासूरस दाखमद्यको कारण प्रफुल्‍लित थिए, तब तिनले आफ्नो सेवा गर्ने सात जना नपुंसकहरू: महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कसलाई बोलाए।

Viz kapitola kopírovat




एस्‍तर 1:10

Následuj nás:

Reklamy


Reklamy