उपदेशक 9:3 - पवित्र बाइबल3 यस जीवनमा जति पनि घट्ना घट्छ त्यसमा सबै भन्दा नराम्रो कुरो हो कि सबैको अन्त एकै प्रकारले हुन्छ। साथै यो पनि खुबै नराम्रो कुरो हो, कि मानिसहरू खराब र मूर्ख बिचारमा डुबिरहन्छन्, अनि त्यस्ता बिचारले मृत्युतिर लैजान्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 सूर्यमुनि हुने प्रत्येक काममा दुष्टता छ। सबैलाई एकै अन्त्य आइपर्छ। मानिसहरूका हृदय दुष्टताले भरिएका हुन्छन्, र तिनीहरूका जीवनकालभरि नै तिनीहरूका हृदय पागलपनाले भरिन्छन्, अनि त्यसपछि तिनीहरू मरेकाहरूसँग मिल्नजान्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सबैको भाग्य एउटै हो र यो पनि संसारका अरू कुरा जत्तिकै बेठीक हो। संसारमा मानिस रहुन्जेल तिनका मन दुष्टता र पागलपनाले भरिएका हुन्छन् र तिनीहरू अचानक मरिजान्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 सूर्यमुनि जे जति कुराहरू हुन्छन्, ती सबैमा दुष्टता छ: सबैको एउटै गन्तव्य हुन्छ। यसकासाथै मानिसहरूका हृदय खराबीले भरिएका हुन्छन्। तिनीहरू बाँचुन्जेल तिनीहरूका मन पागलपनाले भरिन्छ; त्यसपछि ती सबै मरेकाहरूकहाँ जान्छन्। Viz kapitola |