उपदेशक 8:15 - पवित्र बाइबल15 यसैकारण मैले निश्चय गरें जीवनको आनन्द लिनु सबैभन्दा महत्वपूर्ण कुरो रहेछ। किनकि यस जीवनमा एउटा मानिसले सबभन्दा राम्रो काम गर्नसक्छ, त्यो हो खानु, पिउनु र जीवनको आनन्द लिनु। यसले कमसेकम मानिसलाई यस भूमि उसको जीवन कालमा परमेश्वरले गर्नु भनी जो कठीन काम दिनुभएको छ त्यसको आनन्द लिनामा सहायता मिल्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यसैले सुख-चैन गरे हुन्छ भनी म सल्लाह दिन्छु, किनभने सूर्यमुनि मानिसलाई खानु, पिउनु, र रमाइलो गर्नुभन्दा अरू असल केही रहेनछ। तब सूर्यमुनि परमेश्वरले दिनुभएको जीवनको अवधिभर त्यसको आफ्नो काममा आनन्दले साथ दिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यसकारण मलाई पक्का विश्वास भएको छ कि मानिसले सुख-चैन गर्नुपर्छ किनभने जीवनमा खानु, पिउनु र मोजमज्जा गर्नुबाहेक अरू असल कुरा केही छैन। परमेश्वरले मानिसलाई यस संसारमा दिनुभएको जीवनमा परिश्रम गर्दा उसले कम-से-कम त्यति त गर्न सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसैले म जीवनमा आनन्द गर्ने सल्लाह दिँदछु, किनकि मानिसलाई सूर्यमुनि खानु, पिउनु र रमाइलो गर्नुभन्दा अरू उत्तम कुरा केही छैन। सूर्यमुनि परमेश्वरले जति दिनहरू मानिसलाई दिनुभएको छ, उसको त्यही परिश्रमलाई नै आनन्दले साथ दिनेछ। Viz kapitola |