उपदेशक 5:18 - पवित्र बाइबल18 मैले त यो देखें कि मानिसले जे गर्न सक्छ त्यो सबैभन्दा असल रहेछ खान, पिऊन र जुन काम उसले यस धर्तीमा आफ्नो छोटो जीवनमा गर्छ त्यसमा आनन्द लिन्छ। परमेश्वरले यिनै केही दिनहरू दिनुभएको छ बस् यहि तिम्रो र उसको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब मैले यो थाहा गरें कि परमेश्वरले दिनुभएको यस जीवनको छोटो अवधिमा सूर्यमुनि खानु, पिउनु र आफ्नो घोर परिश्रममा सन्तुष्टि खोज्नु नै मानिसको निम्ति असल र ठीक रहेछ, किनकि यो नै त्यसको भाग हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मैले यही कुरा जानें; मानिसको निम्ति परमेश्वरले आफूलाई दिनुभएको छोटो जीवनमा खानु, पिउनु र आफ्नो काममा आनन्द लिनु नै सबैभन्दा असल हो, उसले त्यति मात्र गर्न सक्छ। मानिसको भाग्य त्यति हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब मैले यो थाहा पाएँ, मानिसको निम्ति खानु, पिउनु र परमेश्वरले सूर्यमुनि त्यसलाई दिनुभएको छोटो जीवनमा आफूले गरेको कठोर मेहनतमा सन्तुष्ट रहनु नै असल र उचित हुन्छ। यही त्यसको भाग हो। Viz kapitola |