उपदेशक 4:8 - पवित्र बाइबल8 एउटा मानिस सन्तानहीन हुन सक्छ। हुनसक्छ उसको कुनै छोरो वा यहाँसम्म कि कुनै दाज्यू-भाइ पनि छैनन् तर पनि त्यो मानिसले कठोर भन्दा कठोर परिश्रम गर्नमा लागिरहेको हुन्छ र जे जति उसित छ त्यतिबाट ऊ कहिल्यै सन्तुष्ट हुँदैन। तब म पनि यति कठोर मेहनत किन गर्दैछु? म आफैं पनि यस जीवनको आनन्द किन लिंदिन। अब हेर यो पनि एउटा दुःखको र व्यर्थ कै कुरो हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 एउटा एकलो मानिस थियो, त्यसका न त छोरा न दाजुभाइ थिए। त्यसको परिश्रमको अन्त्यै थिएन, तापनि त्यो आफ्नो धन-सम्पत्तिमा सन्तुष्ट हुँदैनथ्यो। त्यसले सोध्यो, “कसको लागि म मेहनत गरिरहेको छु? जीवनको सुख म किन त्याग्दैछु?” यो पनि व्यर्थ हो, एउटा दु:खदायी कुरा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 छोरो, दाजु वा भाइ कोही नहुने र एक्लै बास गर्ने मानिस, जो सधैँ मेहनत गरिबस्छ र आफूसित भएको धनमा सन्तोष गर्दैन। कसको निम्ति मैले जीवनका आनन्दका कुराहरू त्यागेर त्यस्तो कठोर परिश्रम गरिरहेको छु भनी त्यसले सोध्दछ। यो पनि व्यर्थ छ र जीवनको एउटा भार मात्र हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यहाँ नितान्त एउटा एकलो मानिस थियो; उसको न छोरो, न त दाजुभाइ थिए। उसको परिश्रमको अन्त्य थिएन; तापनि उसका आँखाहरू आफ्नो धनसम्पत्तिमा सन्तुष्ट थिएनन्। उसले आफैँलाई सोध्यो, “म कसका निम्ति परिश्रम गरिरहेको छु? र किन आफैँलाई जीवनका आनन्दबाट वञ्चित गर्दैछु?” यो पनि अर्थहीन छ, एक दुःखदायी कुरा हो। Viz kapitola |