उपदेशक 2:7 - पवित्र बाइबल7 मैले नोकर-नोकर्नीहरू किनें। घरमा जन्मेका नोकर-नोकर्नीहरू त छँदै थिए। म ठूला-ठूला कुराहरूको मालिक बनें। मसित बथानका-बथान गाई, गोरू, भेंडा़ र बाख्राहरू थिए। यरूशलेममा अघि भएका राजाहरूको भन्दा मसंग धेरै चीजहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मैले कमारा-कमारीहरू किनें र मेरो घरमा जन्मेका अरू कमारा-कमारी पनि थिए। मअघि यरूशलेममा हुने अरू कुनैका पनि मेरा भन्दा धेरै गाईबस्तुका बथान र भेड़ाबाख्राहरूका बगाल थिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मैले कमारा-कमारीहरू किनें र मेरा घरमा पनि कमारा-कमारीहरू जन्मेका थिए। मसित धेरै गाई-वस्तु थिए। यरूशलेमको अरू कुनै बासिन्दासित मेरा जति गाई-वस्तु कहिल्यै थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मैले दास-दासीहरू किनेँ; अनि मेरा घरमा जन्मेका अन्य दासहरू पनि मसित थिए। यरूशलेममा मभन्दा अगिका सबै मानिसहरूका भन्दा पनि धेरै गाईबस्तु र भेडाबाख्राहरू मसँग थिए। Viz kapitola |