व्यवस्था 9:21 - पवित्र बाइबल21 तिमीहरूले बनाएको भयानक बाछाको मूर्ति मैले आगोमा जलाएँ, टुक्रा-टुक्रा पारेर धुलो बनाएँ अनि त्यसपछि पर्वतबाट बगेर आएको खोलामा बगाई दिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 त्यसपछि मैले तिमीहरूको त्यो पापमय वस्तु, तिमीहरूले बनाएको त्यो बाछो लिएर आगोमा जलाइदिएँ र त्यसलाई चकनाचूर पारेर धूलोपीठो बनाएँ, र त्यो धूलो पर्वतबाट झर्ने खोलामा फालिदिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिनीहरूले बनाएको त्यो पापको वस्तु– धातुको बाछो– मैले लिएर आगोमा फ्याँकिदिएँ। त्यसपछि त्यसलाई मैले टुक्रा-टुक्रा पारेर फुटाएँ, पिंधेर धुलो पारें र पहाडबाट बहेर आएको खोलामा त्यो धुलो फालिदिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मैले तिमीहरूको त्यो पापपूर्ण वस्तु, तिमीहरूले बनाएका बाछा पनि लिएँ, र त्यसलाई आगोमा जलाइदिएँ। त्यसपछि मैले त्यसलाई कुच्च्याएर धुलोपिठो पारिदिएँ। अनि त्यस धुलोलाई पहाडबाट बगिरहेको खोलामा बगाइदिएँ। Viz kapitola |