Online Bible

- Reklamy -




व्यवस्था 9:12 - पवित्र बाइबल

12 त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, ‘उठ अनि चाँडै तल गई हाल। तिमीले मिश्रदेशबाट ल्याएका मानिसहरू आफैं नष्ट भइरहेका छन्। यति चाँडै तिनीहरूले मेरो आज्ञाहरू पालन गर्नु छोडे। तिनीहरूले सुन पगालेर आफ्नो निम्ति मूर्ति बनाएका छन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यसपछि परमप्रभुले मलाई भन्‍नुभयो, “उठ्, झट्टै यहाँबाट ओर्लिहाल्, किनभने तैंले मिश्रबाट ल्‍याएका तेरा मानिसहरू भ्रष्‍ट भएका छन्‌। जुन आज्ञा मैले तिनीहरूलाई दिएको थिएँ, त्‍यसबाट तिनीहरू चाँड़ै तर्किगएर आफ्‍ना निम्‍ति ढलौटे मूर्ति बनाएका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 “तब परमप्रभुले मलाई भन्‍नुभयो, ‘झट्टै पर्वतबाट तल ओर्ली, तैँले मिश्रबाट डोर्‍याएका मानिसहरू भ्रष्‍ट भएका छन् र दुष्‍ट काम गरिरहेका छन्। मैले तिनीहरूलाई जे गर्नू भनी आज्ञा गरेको थिएँ, त्‍यो तिनीहरूले मानेनन् र आफ्‍नो लागि एउटा मूर्ति बनाइसकेका छन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब याहवेहले मलाई भन्‍नुभयो, “यहाँबाट तुरुन्तै तल गइहाल; किनकि तैँले इजिप्टबाट निकालेर ल्याएका तेरा मानिसहरू भ्रष्‍ट भएका छन्। मैले तिनीहरूलाई आज्ञा गरेका कुराबाट तिनीहरू चाँडै नै तर्किगएका छन्। तिनीहरूले आफ्ना लागि मूर्ति बनाएका छन्।”

Viz kapitola kopírovat




व्यवस्था 9:12

Následuj nás:

Reklamy


Reklamy