व्यवस्था 9:10 - पवित्र बाइबल10 ती शिला-पाटीमा आफ्नै औंलाले तिमीहरू जुन दिन पर्वतमा सँगै भेला भएका थियौ त्यसदिन उहाँले तिमीहरूलाई आगोद्वारा भन्नु भएका सबै आज्ञाहरू लेख्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि परमप्रभुले परमेश्वरका हातले लेख्नुभएका दुई वटा शिला-पाटी मलाई सुम्पनुभयो। पर्वतमाथि अग्निको बीचबाट सभाको दिनमा परमप्रभुले दिनुभएका सबै आज्ञा तिनमा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब परमप्रभुले मलाई ती दुईवटा ढुङ्गाका पाटीहरू दिनुभयो, जसमा उहाँले आफ्नै हातले त्यस दिन तिमीहरूलाई भन्नुभएका कुराहरू लेख्नुभएको थियो। त्यस दिन तिमीहरू पर्वतमा भेला भएका बेलामा उहाँले आगोबाट ती कुराहरू बोल्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेहले मलाई आफ्नो औँलाले खोपेर लेख्नुभएका ढुङ्गाका दुई वटा पाटीहरू दिनुभयो। ती पाटीहरूमा याहवेहले पर्वतमा आगोबाट तिमीहरूलाई सभाको दिनमा घोषणा गर्नुभएका सबै आज्ञाहरू लेखिएका थिए। Viz kapitola |