व्यवस्था 9:1 - पवित्र बाइबल1 “हे इस्राएली मानिसहरू हो, सुन! आज तिमीहरू यर्दन नदी तरेर तिमीहरूभन्दा शक्तिशाली र महान् राष्ट्रहरूलाई तिनीहरूको भूमिबाट निकाल्न जाँदैछौ। तिनीहरूका शहरहरू ठूला-ठूला र आकाश समान अग्ला-अग्ला पर्खाल छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे इस्राएली हो, सुन, तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू, र आकाश छुने पर्खाल लाएका ठूला-ठूला सहरहरू अधिकार गर्न तिमीहरू आज यर्दन पारि जान लागेको छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “हे इस्राएलका मानिसहरू हो! सुन! आज तिमीहरूले यर्दन नदी पार गर्न आँटेका छौ र तिमीहरूभन्दा ठूला शक्तिशाली जातिहरूका देशलाई अधीनमा लिन आँटेका छौ। तिनीहरूका सहरहरू ठूला-ठूला र तिनमा लाएका अग्ला-अग्ला पर्खालहरू आकाश छुने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सुन, इस्राएली हो! आज तिमीहरू यर्दन नदी पार गर्नेछौ। तिमीहरूभन्दा महान् र शक्तिशाली, आकाशसम्म छुने अग्ला पर्खाल भएका ठूला सहरहरूमा रहेका जातिहरूलाई तिमीहरूले अधिकार गर्न लागेका छौ। Viz kapitola |