व्यवस्था 7:9 - पवित्र बाइबल9 “यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसकारण याद राख, परमप्रभु तिमीहरूका परमेश्वर मात्र परमेश्वर हुनुहुन्छ, एक विश्वासयोग्य परमेश्वर। उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौँ पुस्तामाथि उहाँले आफ्नो प्रेमको करार पूरा गर्नुहुन्छ, र दया देखाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यो याद राख, परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ अनि उहाँ विश्वासयोग्य हुनुहुन्छ। उहाँले आफ्नो करार राख्नुहुनेछ र उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा मान्नेहरूका हजारौँ पुस्ताहरूलाई अटुट प्रेम गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण याहवेह तिमीहरूका परमेश्वर नै परमेश्वर हुनुहुन्छ भनी याद राख। उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरूका हजारौँ पुस्तासम्म आफ्नो प्रेमको करार पूरा गर्ने विश्वासयोग्य परमेश्वर उहाँ हुनुहुन्छ। Viz kapitola |