Online Bible

- Reklamy -




व्यवस्था 7:13 - पवित्र बाइबल

13 उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ। उहाँले तिमीहरूका नानीहरूलाई आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूलाई अन्नबालि, तेल र नयाँ दाखरस दिनुहुनेछ। उहाँ तिमीहरूका जन्तु तथा भेंडाहरूलाई पनि नयाँ बाछा-पाठाहरूको निम्ति आशीर्वाद दिनुहुनेछ। तिमीहरूले यी सबै आशीर्वादहरू त्यस भूमिमा पाउने छौ जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ, र तिमीहरूलाई आशिष्‌ दिनुभएर तिमीहरूलाई वृद्धि गर्नुहुनेछ। उहाँले तिमीहरूलाई दिन्‍छु भनेर तिमीहरूका पिता-पुर्खासित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका शरीरको फल, भूमिको फल— अन्‍न, नयाँ दाखमद्य, तेल— गाईबस्‍तुका बाछा-बाछीमा र भेड़ाबाख्राका पाठाहरूमाथि पनि उहाँले आशिष्‌ दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 उहाँले तिमीहरूलाई प्रेम गर्नु र आशिष् दिनुहुनेछ र तिमीहरूका धेरै छोरा-छोरीहरू हुनेछन् र तिमीहरूको सङ्‍ख्‍या बढ्‍नेछ। उहाँले तिमीहरूका खेतबारीहरूमा आशिष् दिनुहुनेछ र तिमीहरूले अन्‍न, दाखमद्य र जैतुनको तेल पाउनेछौ। धेरै गाई-वस्‍तु र भेडाहरू दिएर उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ। तिमीहरूका पुर्खाहरूलाई उहाँले दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको देशमा यी सबै आशिष्‌हरू तिमीहरूलाई दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ; आशिष् दिनुहुनेछ र तिमीहरूको संख्यामा वृद्धि गराइदिनुहुनेछ। उहाँले तिमीहरूका गर्भका फलमा, खेतका फसलमा, अन्‍नबालीमा, नयाँ दाखमद्यमा, जैतुन तेलमा, तिमीहरूका बथानका बाछाहरू र तिमीहरूका बगालका थुमाहरूलाई तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा आशिष् दिनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 7:13

Následuj nás:

Reklamy


Reklamy