व्यवस्था 6:18 - पवित्र बाइबल18 तिमीहरूले परमप्रभुलाई प्रसन्न गराउने कामहरू गर्नुपर्छ, जो सही र असल छन्। तब तिमीहरूको निम्ति प्रत्येक चीज नै असल रहनेछ अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई प्रतिज्ञा गर्नु भएको असल भूमिमा जान सक्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 परमप्रभुको दृष्टिमा जुन-जुन कुरा ठीक र असल छन् त्यही गर, ताकि तिमीहरूको कल्याण होस्, र तिमीहरूका पिता-पुर्खासँग परमप्रभुले शपथ खाएर प्रतिज्ञा गर्नुभएको त्यो असल देश तिमीहरूले कब्जा गर, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 जे कुरा ठीक र भलो भनी परमप्रभुले भन्नुहुन्छ, त्यही गर र सबै कुरामा तिमीहरूको भलो हुनेछ। परमप्रभुले तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको मलिलो देश तिमीहरूले आफ्ना अधिकारमा लिनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 याहवेहको दृष्टिमा जे ठिक र असल छ, त्यही गर्नू; ताकि तिमीहरूलाई भलो होस्, र याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको उत्तम देशमा तिमीहरूले अधिकार गर्न सक। Viz kapitola |