व्यवस्था 6:10 - पवित्र बाइबल10 “परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनु हुनेछ जुन उहाँले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल शहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिमीहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा पुर्याउनुहुनेछ— तिमीहरूले नबनाएका ठूला-ठूला र राम्रा-राम्रा सहरहरू भएको देशमा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबलाई परमप्रभु तिम्रा परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार, तिमीहरू आफैंले नबनाएका ठूला-ठूला र धनाढ्य सहरहरू उहाँले तिमीहरूलाई दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरू, तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको देशमा अर्थात् तिमीहरूले नबनाएका विशाल र सम्पन्न सहरहरू भएको देश तिमीहरूलाई दिनलाई ल्याउनुहुन्छ, Viz kapitola |