Online Bible

- Reklamy -




व्यवस्था 5:22 - पवित्र बाइबल

22 मोशाले भने, “यी आज्ञाहरू परमप्रभुले तिमीहरूलाई जब दिनुभयो तिमीहरू सबै पहाडमा थियौ। त्यस बेला आगो, बादल घोर अँध्यारोबाट परमप्रभु बोल्नु भयो। उहाँले हामीलाई यी आज्ञा दिनु भएपछि अरू केही भन्नु भएन। उहाँले ती आज्ञाहरू दुइवटा ढुङ्गाका पाटीहरूमा लेखेर मलाई दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्‍धकारको बीचबाट तिमीहरूका सारा समुदायलाई ठूलो सोरले भन्‍नुभयो। उहाँले थप केही भन्‍नुभएन। अनि उहाँले ती आज्ञा दुई वटा ढुङ्गाका पाटीमा लेखेर मलाई दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “पर्वतमा भेला भएका बेलामा तिमीहरू सबैलाई परमप्रभुले दिनुभएका आज्ञाहरू यी नै हुन्। आगो र बाक्‍लो बादलका बीचबाट उहाँ बोल्‍नुहुँदा अरू होइन तर यी नै आज्ञाहरू दिनुभएको थियो। त्‍यसपछि ती आज्ञा उहाँले दुईवटा ढुङ्गाका पाटीहरूमा लेख्‍नुभयो र मलाई दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 याहवेहले पर्वतमा भेला भएका सारा समुदायलाई आगो, बादल र घोर अन्धकारबाट चर्को सोरले घोषणा गर्नुभएका आज्ञाहरू यिनै हुन्; अनि उहाँले अरू केही थप्नुभएन। त्यसपछि उहाँले दुई वटा ढुङ्गाका पाटीहरूमा ती लेख्नुभयो, र मलाई दिनुभयो।

Viz kapitola kopírovat




व्यवस्था 5:22

Následuj nás:

Reklamy


Reklamy