व्यवस्था 5:21 - पवित्र बाइबल21 ‘तिमीहरूले अरूकी पत्नीको लालसा राख्नु हुँदैन। अरूको घर, खेतबारी कमारी, गाई अनि गधा अथवा केही चीजहरूको लोभ गर्नु हुँदैन। अरू मानिसहरूको केही कुरोको पनि लालच गर्नु हुँदैन।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “आफ्नो छिमेकीका पत्नी, घर, खेतबारी, कमारा, कमारी, गोरु, गधा, अथवा त्यसको कुनै पनि वस्तुको लालच नगर्नू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “अर्काकी स्वास्नीको लालच नगर, उसको घर वा जमिन, कमारा-कमारी, गाई-वस्तु, गधाहरू र ऊसँग भएका अरू कुनै कुराको लालच नगर।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तैँले आफ्नो छिमेकीको घर वा जमिनको लालच नगर्नू। तैँले आफ्नो छिमेकीको पत्नीको लालच नगर्नू, अथवा आफ्नो छिमेकीको सेवक वा सेविका, गोरु वा गधा, अथवा त्यससित भएको कुनै कुराको पनि लालच नगर्नू।” Viz kapitola |