व्यवस्था 4:32 - पवित्र बाइबल32 “अतीतमा यस्तो कुनै महाकार्य भएको थियो? कहिल्यै पनि भएन। तिमीहरू जन्मनु अघिको कुराहरूलाई नियालेर हेर। सृष्टिकालको अवस्थालाई सम्झ जुन समयमा परमेश्वरले मानिस-जातिको सृष्टि गर्नु भयो। संसारमा भएको सबै कुराहरूलाई गहिरो प्रकारले नियालेर हेर, यो भन्दा महान् कार्य कहिल्यै कतै घटेको कसैले सुनेको छ? छैन! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 यस्तो महान् घटना अघि कहिल्यै घटेको वा सुनिएको थियो? पृथ्वीमा परमेश्वरले मान्छे सृष्टि गर्नुभएको आदिकालको विषयमा सोध-खोज गर। आकाशको वल्लो छेउदेखि पल्लो छेउसम्म पनि यही कुराको निधो गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 “तिमीहरू जन्मनुभन्दा अघिका समय परमेश्वरले मानिस सृष्टि गर्नुभएको समयलाई पहिल्याएर हेर। सबै संसारमा खोजी गर। यत्रो महान् कुरो यसको अघि कहिल्यै भएको थियो र? यस्तो कुरा कसैले सुनेको छ र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 अब पहिलेका दिनहरूको बारेमा तिमीहरूका समयभन्दा धेरै पहिलेका समयको, जुन दिन परमेश्वरले पृथ्वीमा मानिसलाई सृष्टि गर्नुभयो, त्यस बारेमा सोधिहेर। आकाशका एक छेउदेखि अर्को छेउसम्मका कुराहरू सोधपुछ गरिहेर। के यस्तो महान् कुरा कहिल्यै भएको छ, अथवा के यस्तो कुनै कुरा कहिल्यै सुनिएको छ? Viz kapitola |