व्यवस्था 33:12 - पवित्र बाइबल12 मोशाले बिन्यामीनको विषयमा यी कुरा भने: “बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ। बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ। परमप्रभुले उसलाई सधैँ रक्षा गर्नुहुन्छ। अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 बेन्यामीनको विषयमा तिनले भने: “परमप्रभुका प्रिय उहाँमा सुरक्षित रहून्, किनकि उहाँले तिनलाई दिनभरि ढाकिराख्नुहुन्छ, र जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ, तिनी उहाँका काँधका बीचमा विश्राम लिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उनले बेन्यामीनको कुलबारे भने: “परमप्रभुले यही कुललाई प्रेम र रक्षा गर्नुहुन्छ, उहाँले तिनीहरूलाई रातभरि रखवाली गर्नुहुन्छ, र उहाँ तिनका माझमा बास गर्नुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 बेन्यामीनको बारेमा तिनले भने: “याहवेहको प्रिय उहाँमा सुरक्षित रहून्; किनकि त्यसको दिनभरिको ढाल उहाँ हुनुहुन्छ। अनि याहवेहले प्रेम गर्नुहुनेचाहिँ उहाँका काँधमा विश्राम लिन्छन्।” Viz kapitola |