व्यवस्था 31:21 - पवित्र बाइबल21 तब धेरै डरलाग्दा कुराहरू तिनीहरूमाथि घट्नेछन् अनि तिनीहरूले धेरै कष्टहरू बेहोर्नु पर्छ। त्यस समयमा पनि तिनीहरूका मानिसहरूले त्यो गीत जान्दछन् र यसले तिनीहरू कति भूल गरिरहेका थिए बुझाउनेछ। मैले अहिलेसम्म तिमीहरूलाई भूमिमा ल्याएको छैन जो म दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ, तर पहिला नै मैले जानिसकेकोछु तिनीहरूले के गर्ने योजना बनाउँदैछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 धेरै आपत्-विपत् र कठिनाइहरू तिनीहरूमाथि आएपछि यो भजन तिनीहरूका विरुद्धमा गवाहझैँ हुनेछ, किनकि त्यो तिनीहरूका सन्तानहरूले कहिल्यै बिर्सनेछैनन्। तिनीहरूलाई प्रतिज्ञामा दिन्छु भनेको देशमा पुर्याउन अघि नै मैले तिनीहरूका मनको अभिप्राय बुझिसकेको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 अनि धेरै डरलाग्दा विपत्तिहरू तिनीहरूमाथि आउनेछन्। तर यो गीत गाउनुपर्नेछ र तिनका विरुद्धमा यो गीत एउटा साक्षीको रूपमा रहनेछ। अहिले नै मैले दिन्छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरूलाई पुर्याउनुभन्दा अघि नै तिनीहरू के सोचिरहेका छन्, सो म जान्दछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि जब तिनीहरूमाथि धेरै प्रकोपहरू र विपत्तिहरू आइपर्नेछन्, तब यस गीतले तिनीहरूको विरुद्धमा साक्षी दिनेछ। किनकि तिनीहरूका सन्तानले यसलाई बिर्सेका हुनेछैनन्। मैले तिनीहरूलाई शपथ खाएर प्रतिज्ञा गरेको देशमा मैले तिनीहरूलाई ल्याउन अगि नै तिनीहरूले के गर्ने विचार गरेका छन् भनी म जान्दछु।” Viz kapitola |