Online Bible

- Reklamy -




व्यवस्था 31:17 - पवित्र बाइबल

17 त्यस समय म तिनीहरूसित अत्यन्तै क्रोधित हुनेछु र तिनीहरूलाई छोडी दिनेछु र तिनीहरूलाई सहायता गर्नेछैन र तिनीहरू ध्वंश हुनेछन्। तिनीहरूमाथि नाना प्रकारका आपत र विपदहरू ल्याउनेछु र त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हामीसँग नभएकोहुनाले नै यस्तो आफ्त र विपत्तिहरू आइलागेको हो?’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यस दिन मेरो क्रोध तिनीहरूमाथि दन्‍कनेछ र म तिनीहरूलाई त्‍याग्‍नेछु, र आफ्‍नो मुख तिनीहरूबाट लुकाउनेछु र तिनीहरू नष्‍ट हुनेछन्‌। धेरै आपत्‌विपद्‌हरू र कठिनाइहरू तिनीहरूमाथि आइपर्नेछन्‌। तब त्‍यस दिन तिनीहरूले भन्‍नेछन्, ‘हाम्रा परमेश्‍वर हाम्रा बीचमा नभएर नै हामीमाथि यस्‍ता विपत्तिहरू आएका होइनन्‌ र?’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 जब त्‍यसो हुनेछ, म तिनीहरूसित रिसाउनेछु, तिनीहरूलाई त्‍याग्‍नेछु र तिनीहरू नाश भएर जानेछन्, धेरै डरलाग्‍दा विपत्तिहरू तिनीहरूमाथि आउनेछन् र म तिनीहरूका परमेश्‍वर तिनीहरूका साथमा नभएकाले नै यी सबै कुराहरू हुँदै छन् भनी तिनीहरूले थाहा पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यस दिन म तिनीहरूसँग रिसाउनेछु र तिनीहरूलाई त्याग्नेछु; म आफ्नो अनुहार तिनीहरूदेखि लुकाउनेछु। अनि तिनीहरू नाश हुनेछन्। तिनीहरूमाथि धेरै प्रकोपहरू र विपत्तिहरू आइपर्नेछन्; र त्यस दिन तिनीहरूले सोध्नेछन्, ‘के हाम्रा परमेश्‍वर हामीसँग नहुनुभएकोले नै यी प्रकोपहरू हामीमाथि आएका होइनन् र?’

Viz kapitola kopírovat




व्यवस्था 31:17

Následuj nás:

Reklamy


Reklamy