Online Bible

- Reklamy -




व्यवस्था 30:9 - पवित्र बाइबल

9 परमप्रभु तिम्रा परमेश्वरले तिमी जुन सुकै काम हातमा लिन्छौ सफल तुल्याइ दिनु हुनेछ। परमप्रभुले तिम्रो सन्तानमा वृद्धि, गाई-बस्तुहरूमा बाछा-बाछीहरू वृद्धि तथा खेतवारीको अन्न तथा फल फूलहरूमा बृद्धि गराई दिनु हुनेछ। परमप्रभु तिम्रा पिता-पुर्खाहरूसँग खुशी हुनुहुन्थ्यो तिमीहरूसित पनि त्यस्तै खुशी हुनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब तिमीहरूका हातका सबै काममा, सन्‍तानमा, गाईबस्‍तुका बाछा-बाछीहरूमा र भूमिका अन्‍नहरूमा आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई अघोर वृद्धि गराउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिमीहरूले गरेका सबै काममा परमप्रभुले फलिफाप गराउनुहुन्‍छ। तिमीहरूका धेरै सन्‍तान र गाई-वस्‍तु हुनेछन् अनि तिम्रा जमिनहरूले धेरै अन्‍नबाली दिनेछन्। तिम्रा पिता-पुर्खाको फलिफाप गराउँदा परमप्रभुले जस्‍तो आनन्‍द पाउनुभएथ्‍यो, त्‍यस्‍तै आनन्‍द तिमीहरूको फलिफाप गराउनमा पनि उहाँले पाउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा र तिमीहरूका सन्तानमा, गाईबस्तुका बाछाबाछीहरूमा र जमिनका अन्‍नबालीहरूमा अति धेरै समृद्धि प्रदान गर्नुहुनेछ। याहवेह तिमीहरूका पितापुर्खाहरूसँग प्रसन्‍न हुनुभएझैँ तिमीहरूसँग फेरि प्रसन्‍न हुनुहुनेछ, र तिमीहरूलाई समृद्धि प्रदान गर्नुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 30:9

Následuj nás:

Reklamy


Reklamy