व्यवस्था 30:20 - पवित्र बाइबल20 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नै पर्छ र उहाँका आज्ञा पालन गर्नै पर्छ। उहाँलाई कहिलै त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनुहुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूः अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 र परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्छ, र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित उहाँले दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर, उहाँका आज्ञा मान र उहाँप्रति विश्वासयोग्य रहो। तब उहाँले तिम्रा पुर्खा अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमी र तिम्रा सन्तान धेरै दिन बास गर्नेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि तिमीहरूले याहवेह आफ्ना परमेश्वरलाई प्रेम गर्न सक, उहाँको सोर सुन्न र उहाँमा लागिरहन सक। किनकि याहवेह नै तिमीहरूका जीवन हुनुहुन्छ; अनि उहाँले तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई लामो जीवन दिनुहुनेछ। Viz kapitola |