व्यवस्था 3:21 - पवित्र बाइबल21 “तब मैले यहोशूलाई भने, ‘तिमीले यी दुइ राजाहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरले गर्नु भएको सबै थोक देखेका छौ। तिमीहरू पसेका सबै राज्यहरूमा परमप्रभुले त्यस्तै गर्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 मैले त्यस बेला यहोशूलाई यस्तो आज्ञा दिएँ: “परमप्रभु तिमीहरूका परमेश्वरले यी दुई राजालाई जसो गर्नुभयो ती सबै तिमीले आफ्ना आँखाले देखेका छौ। अब तिमीहरू पारि जाँदा ती सबै राज्यहरूलाई पनि परमप्रभुले त्यसै गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “त्यसपछि मैले यहोशूलाई यस्तो आदेश दिएँ, ‘परमप्रभु हाम्रा परमेश्वरले ती दुई राजा सीहोन र ओगलाई के गर्नुभयो, त्यो तिमीले देखेका छौ। ज-जसका जमिन तिमीहरूले हमला गर्नेछौ, तिनीहरूसित पनि उहाँले त्यसै गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यस बेला मैले यहोशूलाई आज्ञा गरेँ: “याहवेह तिमीहरूका परमेश्वरले ती दुई राजाहरूलाई के गर्नुभयो, सो तिमीहरू सबैले आफ्नै आँखाले देखेका छौ। तिमीहरू जहाँ गइरहेका छौ, त्यहाँका सबै राज्यहरूलाई पनि याहवेहले त्यसै गर्नुहुनेछ। Viz kapitola |