व्यवस्था 28:67 - पवित्र बाइबल67 बिहानै तिमी भन्ने छौ, ‘यो बेलुकी भए हुनेथ्यो’ बेलुकी तिमी भन्नेछौ, ‘यो बिहान भए हुन्थ्यो।’ किनभने तिम्रो हृदयमा डर हुनेछ अनि तिमीले नराम्रा कुराहरू देख्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण67 तिमीहरूका हृदयमा भरिएको त्रासले र तिमीहरूका आँखाले देखेका दृश्यले गर्दा बिहान तिमीहरूले भन्नेछौ, “बेलुकी भएदेखि हुन्थ्यो!” अनि बेलुकी भन्नेछौ, “बिहान भएदेखि हुन्थ्यो!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल67 हरचीज देख्दा तिमीहरूका मुटु डरले ढुकढुक हुनेछन्। हरेक बिहान कहिले रात पर्ला र हररात कहिले बिहान होला भनी तिमी भन्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण67 तिमीहरूको हृदय डरले भरिएको र तिमीहरूका आँखाले देखेका दृश्यहरूको कारण बिहान तिमीहरूले भन्नेछौ, “यदि साँझ भइदिएको भए हुनेथियो!” र साँझमा भन्नेछौ, “यदि बिहान भइदिएको भए हुनेथियो।” Viz kapitola |