व्यवस्था 28:57 - पवित्र बाइबल57 त्यो स्त्री त्यससमय यति निष्ठूरी हुन्छे उसले गर्भबाट गुप्तरूपले नानी जन्माउछे र त्यो नानी र त्यससित निस्केको साल पनि आफैं खान्छे कारण त्यहाँ खाने कुरा केही हुँदैन। जब शत्रुहरू आएर तिमीहरूको शहरहरू घेर्नेछन र तिमीहरूले कष्ट पाउनेछौ। त्यहाँ त्यस्ता प्रकारको नराम्रा कुराहरू हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण57 त्यसको कोखबाट निस्केको साल र त्यसले जन्माएका बालकहरूको मासु पनि खान दिन मान्नेछैन। उसको दृष्टि खराब हुनेछ, किनकि त्यस घेराउको बेलामा र शत्रुले तिमीहरूका सबै सहरमा तिमीहरूमाथि ल्याउने सङ्कष्टमा त्यसले गुप्तमा त्यो मासु आफै खाने इच्छा गर्नेछे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण57 आफ्नै कोखबाट जन्माएका शिशु र सालनालसमेत त्यसले लुकाएर आफैँले खानेछे। किनकि तिमीहरूका शत्रुले तिमीहरूका सहरहरूलाई घेरा लगाएको बेलामा ल्याएका विपत्तिको कारणले गर्दा त्यसले तिनीहरूलाई गुप्तमा खाने इच्छा गर्नेछे। Viz kapitola |