व्यवस्था 28:54 - पवित्र बाइबल54 “त्यस बेला तिमीहरू माझमा भएका अत्यन्तै भला मानिसहरू पनि आफ्नै दाज्यू-भाइ, आफूले प्रेम गरेको पत्नी अनि आफ्नै छोरा-छोरीहरूप्रति पनि अत्यन्तै निष्ठुर हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 तिमीहरूमध्ये सबैभन्दा कोमल र अति भद्र मानिसले पनि आफ्नै भाइ, आफूले प्रेम गरेकी पत्नी र आफ्ना बाँकी रहेका बालबच्चालाई टिठ्याउनेछैन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल54-55 उच्च कुलका सबैभन्दा भद्र मानिस पनि घेरामा परेको बेलामा यति हताश हुनेछ कि आफूसित अरू खानेकुरा नभएर उसले आफ्ना छोरा-छोरीहरूमध्ये कतिलाई खानेछ। उसले त्यसबाट अलिकता पनि आफ्नै भाइ वा आफ्नी माया गरेकी स्वास्नी वा आफूसित बाँचेका छोरा-छोरीहरूलाई पनि दिनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 तिमीहरूका बीचमा रहेका अति कोमल हृदय भएका र संवेदनशील मानिसले समेत आफ्नै दाजुभाइ अथवा त्यसले प्रेम गरेकी पत्नी र त्यसका बाँचेका छोराछोरीलाई टिठ्याउनेछैन। Viz kapitola |