व्यवस्था 28:45 - पवित्र बाइबल45 “जबसम्म तिमीहरू ध्वंश हुदैनौ तिमीहरूमाथि आई लाग्ने सरापले खेद्दै पक्रँदै गरिरहनेछ कारण तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले बताउनु भएको कुराहरू मानेनौ। उहाँले दिनु भएको आज्ञा तथा विधिहरू तिमीहरूले पालन गरेनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएका आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेका हुनाले तिमीहरू नष्ट नभएसम्म यी सराप तिमीहरूमाथि आइपर्नेछन्। यी सबै श्राप तिमीहरूलाई सताएर उछिन्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 “यी सबै विपत्तिहरू तिमीहरूमाथि पर्नेछन्। तिमीहरू नाश नभईञ्जेलसम्म यी विपत्तिहरू रहिरहनेछन् किनभने तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका वचन मानेनौ र उहाँले दिनुभएका नियमहरू सबै पालन गरेनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 तिमीहरूमाथि यी सबै श्रापहरू आउनेछन्। याहवेह तिमीहरूका परमेश्वरमा तिमीहरू आज्ञाकारी नभएका अनि उहाँले तिमीहरूलाई दिनुभएका आज्ञा र उर्दीहरू तिमीहरूले पालन नगरेको हुनाले, तिमीहरू नष्ट नभएसम्म यी श्रापले तिमीहरूलाई लखेट्नेछन् र हराउनेछन्। Viz kapitola |