व्यवस्था 28:32 - पवित्र बाइबल32 “तिमीहरूका छोरा-छोरीहरूलाई अरू जातिका मानिसहरूले लैजाने छन्। तिमीहरू आफ्नो छोरा-छोरीहरू आँउछन् कि भनी दिनभरि आखाँ टट्याउन्जेल बाटो हेर्नेछौ तर तिमीहरूले पाउने छैनौ। परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछन्, र दिनदिनै तिनीहरूको बाटो हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्। तर तिनीहरूको प्रवास रोक्ने तिमीहरूसँग शक्ति हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तिम्रै आँखा सामुन्ने तिम्रा छोरा-छोरीहरूलाई कमारा-कमारी बनाई विदेशीहरूलाई दिइनेछन्। तिम्रा छोरा-छोरीहरू फर्की आउँछन् कि भनी प्रत्येक दिन व्यर्थमा तिमीहरू आँखा दुखुन्जेल बाटो हेर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तिमीहरूका छोराछोरीहरू अर्कै जातिलाई दिइनेछन्; अनि दिनदिनै तिनीहरूको बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्। तर तिमीहरू निरीह भएको कारण केही गर्न सक्नेछैनौ। Viz kapitola |