व्यवस्था 28:22 - पवित्र बाइबल22 परमप्रभुले तिमीहरूलाई विभिन्न रोगहरू, ज्वरो र सुजन दिएर सजाय दिनु हुनेछ। परमप्रभुले प्रचण्ड ताप पठाउनु हुनेछ अनि तिमीहरूले पानी पाउने छैनौ रोग र गर्मीले तिमीहरूको सब बाली नाश हुनेछ जबसम्म तिमीहरू ध्वंश हुदैनौ यी सब नराम्रा कुराहरू तिमीहरूमाथि परिरहनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 क्षयरोग, जरो, सूज, प्रचण्ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्याएर तिमीहरू नष्ट नभएसम्म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमप्रभुले तिमीहरूलाई सरुवा रोगले ग्रस्त पार्नुहुनेछ र तिमीहरू जरो र सुनिने व्यथाले थलिनेछौ। तिम्रा अन्नबाली नाश पार्नलाई उहाँले खडेरी र प्रचण्ड गरम बतास पठाउनुहुनेछ। नमरेसम्म यी आपत्-विपत् तिमीहरूमाथि आइपर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिमीहरू नष्ट नभएसम्म याहवेहले तिमीहरूमाथि यस्ता रोगहरूले प्रहार गर्नुहुनेछः जरो, सुनिने रोग, प्रचण्ड ताप, खडेरी, वृक्ष ओइल्याउने र ढुसी पर्ने रोग। Viz kapitola |