व्यवस्था 28:13 - पवित्र बाइबल13 परमप्रभुले तिमीहरूलाई पुच्छर होइन शिर बनाई राख्नु हुनेछ, तिमीहरू सधैँमाथि हुने छौ फेदमा होइन। यदि तिमीहरूले आज मैले बताउँदै गरेको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने तिमीहरूको निम्ति यस्तो हुनेछ। तिमीहरूले यी आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दिएर ती होशियारीसाथ पालन गर्यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्छर होइन तर शिर तुल्याउनुहुनेछ। तिमीहरू सधैँ टुप्पामा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभु तिम्रा परमेश्वरले धेरै जातिहरूका बीचमा तिमीहरूलाई पछ्याउनेहरू होइन तर अगुवाहरू बनाउनुहुनेछ। मैले आज तिमीहरूलाई दिँदैगरेका उहाँका आज्ञाहरू तिमीहरूले विश्वासयोग्यतासाथ पालन गर्यौ भने सधैँ तिम्रो फलिफाप हुनेछ, कुनै कुरामा कहिल्यै असफल हुनेछैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 याहवेहले तिमीहरूलाई शिर बनाउनुहुनेछ, पुच्छर होइन। यदि तिमीहरूले आज मैले तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दियौ, र ती होसियारीसाथ पालन गर्यौ भने तिमीहरू सधैँ उच्चमा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ। Viz kapitola |