व्यवस्था 27:3 - पवित्र बाइबल3 त्यसपछि यी सबै आज्ञाहरू र शिक्षाहरू लेख। यो काम तिमीहरूले जब यर्दन नदी पार गरेपछि गर्नु पर्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको दूध र महले परिपूर्ण भएको भूमिमा प्रवेश गर्न सक्छौ। परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुहुने, दूध र मह बग्ने देशमा पसेको दिन यस व्यवस्थाका सबै वचनहरू त्यसमा लेख्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र यी सबै नियम र आदेशहरू तिनमा लेख्नू। परमप्रभु तिम्रा पुर्खाका परमेश्वरले प्रतिज्ञा गर्नुभएको धनी र मलिलो देशमा पसिसकेपछि Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका पितापुर्खालाई प्रतिज्ञा गर्नुभएझैँ, जब तिमीहरू यर्दन पार गरेर याहवेह तिमीहरूका परमेश्वरले दिनुहुने दूध र मह बग्ने देशमा प्रवेश गर्नेछौ, तब ती ढुङ्गाहरूमा यस व्यवस्थाका सबै वचनहरू लेख्नू। Viz kapitola |