व्यवस्था 26:5 - पवित्र बाइबल5 तब परमप्रभु तिमीहरूका परमेश्वरको अघि तिमी भन्ने छौ, ‘मेरो पिता-पुर्खा फिरन्ते आरामी थिए। तिनी मिश्रदेशमा गएर बसो-बास गरे। जति बेला तिनी त्यहाँ गएका थिए उनको कुलमा केही मानिसहरू मात्र थिए तर मिश्रदेशमा उनको परिवार महान् अनि शक्तिशाली राष्ट्रमा परिणत भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने यसो भन्नू: “मेरा पुर्खा फिरन्ते अरामी थिए। उनी आफ्नो सानो परिवारसँग मिश्रमा गई प्रवास गरे। अनि त्यहाँ उनीबाट एक महान्, सामर्थी र असंख्य जाति उत्पन्न भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यसपछि परमप्रभुको अघि तिमीले यी शब्द भन्नेछौ, ‘मेरा पुर्खा फिरन्ते घरबिनाका अरामी शरणार्थी थिए, जसले आफ्नो परिवार मिश्रमा बास गर्नलाई लिएर गए। त्यहाँ जाँदा तिनीहरूको सङ्ख्या थोरै थियो तर तिनीहरू असङ्ख्य र प्रतापी जाति भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको सामु यसो भनेर घोषणा गर्नू: “मेरा पितापुर्खा फिरन्ते अरामी निबासी थिए। तिनी केही मानिसहरूसँग इजिप्टमा गए, र त्यहाँ बसोबास गरे। अनि शक्तिशाली, ठूलो र धेरै संख्या भएका एउटा जाति भए। Viz kapitola |