व्यवस्था 26:19 - पवित्र बाइबल19 परमप्रभुले तिमीहरूको राष्ट्रलाई सबै राष्ट्रहरूभन्दा अग्लो बनाउनु हुनेछ। उहाँले तिमीहरूलाई सम्मान, प्रशंसा र सुनाम दिनु हुनेछ। अनि उहाँको प्रतिज्ञानुसार तिमीहरू उहाँका आफ्नै विशेष पवित्र मानिसहरू हुनेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिमीहरूलाई उहाँले बनाउनुभएका सबै जातिहरूलाई भन्दा बढ़ी प्रशंसा, सम्मान र कीर्ति दिनुहुनेछ, र उहाँको प्रतिज्ञाअनुसार तिमीहरू परमप्रभु आफ्ना परमेश्वरको निम्ति एक पवित्र जाति हुनेछौ भनी उहाँले घोषणा गर्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उहाँले तिमीहरूलाई आफूले सृष्टि गर्नुभएका सबै जातिभन्दा महान् बनाउनुहुनेछ र तिमीहरूले उहाँको नामलाई प्रशंसा र आदर दिनेछौ। उहाँका प्रतिज्ञाअनुसार तिमीहरू उहाँका निजी प्रजा हुनेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 उहाँले तिमीहरूलाई आफैँले बनाउनुभएका सबै जातिहरूभन्दा बढी प्रशंसा, ख्याति र उच्च सम्मान दिएर राख्नेछु भनी घोषणा गर्नुभएको छ। अनि उहाँले प्रतिज्ञा गर्नुभएझैँ, याहवेह तिमीहरूका परमेश्वरका निम्ति तिमीहरू पवित्र जाति हुनेछौ। Viz kapitola |