व्यवस्था 26:14 - पवित्र बाइबल14 जब म दुःखमा थिएँ मैले यो बालीको अन्न खाइन म अशुद्ध थिइन जब यो अन्न बटुलें, यो अन्नबाट मैले मरेका मानिसहरूलाई पनि चढाएको छैन। मैले परमप्रभु मेरा परमेश्वर तपाईंले दिनु भएका सबै आज्ञा पालन गरें तपाईंले दिएका आज्ञाहरू सबै पालन गरेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 शोक गर्ने बेलामा त्यस पवित्र अंशबाट मैले केही खाएको छैनँ, न त अशुद्ध भएको बेलामा त्यसबाट केही निकालेको छु, न त त्यसबाट केही मरेकाहरूलाई चढ़ाएको छु। मैले परमप्रभु मेरा परमेश्वरको वचन पालन गरेको छु, र तपाईंका सबै आज्ञा पूरा गरेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 शोकको बेलामा मैले पवित्र अंशबाट केही खाएको छैनँ। विधिअनुसार अशुद्ध हुँदा मैले घरमा त्यसबाट केही पनि निकालिनँ अनि त्यसको कुनै अंश मैले मरेकाहरूका लागि भेटीको रूपमा चढाएको छैनँ। हे परमप्रभु! मैले तपाईंको आज्ञा मानेको छु, पवित्र अंशबारे दिनुभएका तपाईंका सबै आज्ञाहरू मैले पालन गरेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मेरो शोकको समयमा मैले पवित्र अंशबाट केही पनि खाएको छैनँ; न म अशुद्ध हुँदा त्यसबाट केही हटाएको छु; न त मैले मरेकालाई त्यसबाट केही चढाएको छु। मैले याहवेह मेरा परमेश्वरको आज्ञापालन गरेको छु। तपाईंले मलाई आज्ञा गर्नुभएको हरेक कुरा मैले पालन गरेको छु। Viz kapitola |