व्यवस्था 25:19 - पवित्र बाइबल19 यसकारण संसारबाट नै अमालेकीहरूको नाउँ ध्वंश पार्नु पर्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुने भूमिमा प्रवेश गरे पछि यो काम गर्नेछौ। त्यस भूमिमा उहाँले तिमीहरूलाई सबै प्रकारका शत्रुहरूबाट विश्राम दिनु हुनेछ, तर अमालेकीहरूलाई ध्वंश पार्न नबिर्स। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा शत्रुहरूको आक्रमणदेखि विश्राम पाएपछि पृथ्वीबाट अमालेकीहरूको नाउँनिशानै मेटिदिनू। तिमीहरूले यो कुरा कहिल्यै नभुल्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यसर्थ जब परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई त्यो देश दिनुभएको हुन्छ र चारैपट्टिका तिम्रा शत्रुहरूदेखि तिमीहरू सुरक्षित हुन्छौ, अमालेकीहरूलाई मार्ने काम पक्का गर र तिनीहरूको नाउँ-निशाना नै नरहोस्। यो कुरा नभुल्नू! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा, जब उहाँले तिमीहरूका वरिपरि रहेका शत्रुहरूबाट तिमीहरूलाई विश्राम दिनुहुनेछ, तब तिमीहरूले अमालेकीहरूको नामनिशानै पृथ्वीबाट मेटाइदिनू। तिमीहरूले यो कुरा नबिर्सनू। Viz kapitola |