व्यवस्था 20:1 - पवित्र बाइबल1 “जब तिमीहरू आफ्नो शत्रुसँग लडाइँ गर्न निस्कन्छौ शत्रु पक्षमा धेरै घोडा, रथ र सैन्य देखेर नडराऊ। किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तिमीहरू युद्धमा जाँदा शत्रुहरूसँग तिमीहरूकाभन्दा असंख्य घोड़ा, रथ र विशाल सेना देखेर उनीहरूसँग नडराओ, किनभने तिमीहरूलाई मिश्रबाट निकाली ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “तिमीहरू आफ्ना बैरीका विरुद्धमा लडाइँ गर्न जाँदा तिमीहरूका रथ र घोडाहरू अनि आफूभन्दा धेरै बढ्ता सङ्ख्यामा सैनिकहरू देख्यौ भने नडराउनू। मिश्रबाट तिमीहरूलाई बचाउनुहुने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा युद्ध गर्न जान्छौ, र आफ्नोभन्दा बढी घोडा, रथ र फौज देख्छौ, तब तिनीहरूदेखि नडराओ; किनकि तिमीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। Viz kapitola |