Online Bible

- Reklamy -




व्यवस्था 19:6 - पवित्र बाइबल

6 तर यदि शहरहरू निकै टाढा छन् भाग्दै गरेको मानिस त्यहाँ पुग्नु सक्दैन अनि पक्राउ पर्छ र हत्या भएको मानिसका रिसाएका आफन्तद्वारा ऊ मारिन सक्छ। तर त्यो मानिस मृत्यु पाउने योग्य थिएन किनभने उसले मानिसको हत्या घृणा अथवा रीसले गरेको थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 नत्रता बाटो लामो भयो भने रगतको बदला लिनेले तातो रीसमा त्‍यसलाई खेदेर बाटैमा फेला पारेर त्‍यसलाई मार्न सक्‍छ। वास्‍तवमा त त्‍यो मारिने योग्‍यको थिएन, किनकि रीस-रागविना नै त्‍यसले छिमेकीलाई त्‍यसो गरेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यदि एउटै मात्र सहर छ भने त्‍यो धेरै टाढा पर्न जाला। त्‍यसो भए हत्‍याको बदला लिन सक्‍ने नातेदारले त्‍यो निर्दोष मानिसलाई पक्रेर आफ्‍नो रिसमा मार्न सक्‍ला। हुन त त्‍यसले बिनावैरभाव भुल-चुकमा नै एक जनालाई मारेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 नत्रता शरणस्थानको बाटो लामो भएको कारण बदला लिनेले आफ्नो क्रोधमा उसलाई खेदेर भेट्टाउन सक्छ र मार्न सक्छ; जबकि ऊ मृत्युदण्डको योग्य नै थिएन। किनकि उसको मनमा मृतक छिमेकीप्रति कुनै रिस-राग नै थिएन।

Viz kapitola kopírovat




व्यवस्था 19:6

Následuj nás:

Reklamy


Reklamy