व्यवस्था 18:22 - पवित्र बाइबल22 यदि कुनै अगमवक्ताले केही बताउँछ ऊ परमेश्वरको निम्ति बोल्दैछ तर त्यो जब पूरा हुँदैन तब तिमीहरूले जान्नेछौ त्यो कुरो परमप्रभुले भन्नु भएको होइन। तिमीहरूले थाहा पाउँनेछौ त्यो अगमवक्ताले आफ्नै विचार बताउँदैछ। ऊसित तिमीहरू डराउनु पर्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको कुरा पूरा भएन वा सत्य ठहरेन भने, त्यो परमप्रभुले भन्नुभएको वचन होइन। सो त्यही अगमवक्ताको मनगढ़न्त कुरा हो। तिमीहरू त्यसदेखि नडराउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 कुनै अगमवक्ताले परमप्रभुको नाममा बोल्दा त्यो साँचो भएन भने त्यो परमप्रभुको वचन होइन। त्यसले आफ्नै मनले बोलेको हो र तिमीहरूले त्यसको डर मान्नुपर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यदि कुनै अगमवक्ताले याहवेहको नाममा घोषणा गरेको कुरा पूरा भएन अथवा सत्य ठहरिएन भने त्यो सन्देश याहवेहबाट आएको होइन। त्यस अगमवक्ताले मनगढन्ते कुरा भनेको हो। यसकारण त्यससँग नडराओ। Viz kapitola |