Online Bible

- Reklamy -




व्यवस्था 18:16 - पवित्र बाइबल

16 परमेश्वरले यस्तो अगमवक्तालाई तिमीहरूकहाँ पठाउँदै हुनुहुन्छ किनभने तिमीहरूले उहाँलाई त्यस्तो मानिसहरूकालागि विन्ती गर्यौ। जब तिमीहरू होरेब पर्वत (सिनै) माथि परमेश्वरको आवाज सुनेर र होरेब पर्वतमाथि आगो देखेर भेला भएका थियौ तिमीहरू डराएका थियौ। यसकारण तिमीहरूले भनेका थियौ, ‘फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज हामीले सुन्नु पाउँदैनौं। फेरि त्यो ठूलो आगो देख्नु सक्दैनौं, नत्र हामी मर्नेछौं।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 किनकि “अब उप्रान्‍त परमप्रभु हाम्रा परमेश्‍वरको सोर सुन्‍नु नपरोस्‌ र यो डरलाग्‍दो अग्‍नि कहिल्‍यै हेर्नु नपरोस्, नत्रता हामी मर्नेछौं” भनी होरेब पर्वतमा सभाको दिन परमप्रभु तिमीहरूका परमेश्‍वरसँग तिमीहरूले यही बिन्‍ती गरेका थियौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “तिमीहरू सीनै पर्वतमा भेला भएका बेलामा तिमीहरूले परमप्रभु बोल्‍नुभएको फेरि सुन्‍नु नपरोस् तथा उहाँको आगोजस्‍तो बल्‍दो उपस्‍थिति देख्‍नु नपरोस् भनी बिन्‍ती गर्‍यौ किनभने मरौँला भन्‍ने डर तिमीहरूलाई थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 किनकि तिमीहरूले सभाको दिन होरेब पर्वतमा याहवेह तिमीहरूका परमेश्‍वरसँग यसो भनेर बिन्ती गरेका थियौ, “अब उसो याहवेह हाम्रा परमेश्‍वरको सोर हामीले सुन्‍न नपरोस्, न त यस्तो भयङ्ककर आगो नै देख्न परोस्; नत्रता हामी मर्नेछौँ।”

Viz kapitola kopírovat




व्यवस्था 18:16

Následuj nás:

Reklamy


Reklamy