व्यवस्था 18:12 - पवित्र बाइबल12 परमप्रभु तिमीहरूका परमेश्वरले त्यस्ता काम गर्ने मानिसहरूलाई घृणा गर्नुहुन्छ, त्यसकारण उहाँले ती जातिहरूलाई त्यो देशबाट तिमीहरूको निम्ति जोर दिएर निकाल्नु हुदैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमप्रभु तिम्रा परमेश्वरले यस्ता घिनलाग्दा काम गर्ने मानिसहरूलाई घिन गर्नुहुन्छ। त्यसैकारण तिमीहरू अघि बढ्दै जाँदा ती जातिहरूलाई उहाँले त्यस देशबाट धपाउँदैहुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यी कुराहरू गर्ने जोसुकै होस्, याहवेहले घृणा गर्नुहुन्छ। यस्ता घिनलाग्दा कामहरूको कारण नै याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका सामुबाट ती जातिहरूलाई धपाउँदैहुनुहुन्छ। Viz kapitola |