व्यवस्था 16:15 - पवित्र बाइबल15 परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको विशेष ठाउँमा यो पर्व सात दिनसम्म मनाऊ। यो तिमीहरूका परमेश्वरको सम्मानमा मनाऊ। तिमीहरू अत्यन्तै आनन्दित हुनुपर्छ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको बालीलाई र तिमीहरूले जे गर्छौ त्यसमा आशीर्वाद दिनु भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा सात दिनसम्म उहाँको निम्ति चाड़ मान्नू, किनभने उहाँले नै तिमीहरूका उब्जनी र कामकाजमा तिमीहरूलाई आशिष् दिनुहुनेछ र तिमीहरूको आनन्द पूरा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यो एक मात्र आराधना-स्थलमा सात दिनसम्म त्यो चाड मनाएर परमप्रभु आफ्ना परमेश्वरको आदर गर। रमाहट गर किनभने परमप्रभुले तिम्रा अन्नबाली र कामकाजमा आशिष् दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 याहवेहले चुन्नुहुने ठाउँमा सात दिनसम्म याहवेह तिमीहरूका परमेश्वरको निम्ति यो चाड मनाउनू। किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका सबै खेतीबाली र तिमीहरूका हातका सबै कामहरूमा तिमीहरूलाई आशिष् दिनुहुनेछ। अनि तिमीहरूको आनन्द पूरा हुनेछ। Viz kapitola |