व्यवस्था 15:19 - पवित्र बाइबल19 “तिमीहरूको बगालमा पहिला जन्मेका पशुहरूका साना बाछाहरू विशेष हुन्छन्। तिनीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरका निम्ति चढाउनै पर्छ। ती पशुहरू मध्ये कुनैलाई पनि काममा नलगाऊ अनि पहिला जन्मेको तिमीहरूका भेंडाहरूबाट ऊन कात्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिमीहरूका गाईबस्तु र भेड़ाबाख्राका पहिले बियाएको हरेक बाछो वा पाठो परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति अलग गर्नू। आफ्ना गाईबस्तुको पहिले बियाएकाबाट केही काम नलिनू, र आफ्ना पहिले बियाएका भेड़ाको ऊन नकत्रनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “तिम्रा गाई-वस्तु र भेडाका पहिला जन्मेका बाछा र पाठा परमप्रभु आफ्ना परमेश्वरको निम्ति छुट्ट्याउने गर। त्यस्ता गाई-वस्तुलाई काममा नलाउनू अनि भेडाको ऊन नकत्रनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिमीहरूका बथान अथवा बगालका पहिला जन्मेका हरेक पाठालाई याहवेह तिमीहरूका परमेश्वरका निम्ति छुट्याउनू। तिमीहरूका पहिलो जन्मेको गोरुलाई काममा नलगाउनू। अनि पहिले जन्मेको भेडाको ऊन नकत्रनू। Viz kapitola |